गाँउपालिका अध्यक्ष यादवमाथि झुठा मुद्दा लगाइयो, रिहा गरिएन भने आन्दोलन हुन्छः जिल्ला अध्यक्ष यादव

सेयर गर्नुहोस


न्यूज ब्यूरो, सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष अशोक कुमार यादवले औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई झुठा मुद्दामा फँसाएको बताएका छन् ।

आईतबार जिल्ला प्रशासन कार्यालय सिरहा पुगेका अध्यक्ष यादवसहितको टोलीले गाँपा अध्यक्ष यादवलाई राजनीतिक षडयन्त्रमा पारी झुठा मुद्दा लगाएर पक्राउ गरिएको भन्दै रिहाईको माग गरिएको छ ।

Advertesmentad
Advertesmentad
गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलिप यादवसहित अन्य केही व्यक्तिहरुलाई पूर्वाग्रह रुपमा छुवाछुतको मुद्दा लगाई पक्राउ गरिएकोप्रति दुःख व्यक्त गर्दै यथाशिघ्र रिहाईको माग गरे । यादवलाई झुठा मुद्दामा फँसाएको दाबी गर्दै रिहा नगरे जसपा नेपालले सिरहामा प्रशासन विरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।

यादवसहितका व्यक्तिहरुलाई प्रताडित गरी छुवाछुतको झुठा मुद्दा लगाएर मानमर्दन गरेको आरोप लगाउँदै रिहा नगरे आन्दोलन गर्न बाध्य हुने बताइएको छ ।

औरही गाउँपालिका वडा नम्बर ५ मा आयोजना गरिएको महायज्ञको क्रममा एक दलित समुदायको घर भत्काएर छुवाछुत गरेको आरोपमा पीडितले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । न्यूज ब्यूरो, डेस्क

Facebook Comments Box