समाजसेवी नसरुल्लाह खां मदरसा बाेर्ड सदस्यमा मनाेनित

सेयर गर्नुहोस

अंकुश श्रीवास्तव
कपिलवस्तु , चैत्र ११। लुम्बिनी प्रदेश सरकारले मुस्लिम अगुवा तथा समाजसेवी नसरुल्लाह खानलाई प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समितिको सदस्य पदमा मनोनीत गरेको छ ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले खानलाई मदरसा बोर्ड सदस्य पदमा मनोनीत गरेको हो ।

मुस्लिम समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन मदरसा शिक्षा व्यवस्थापन कार्यविधि, २०७६ को परिधिभित्र रहेर कार्य गर्दै आएको समितिको सदस्यको रूपमा खानले योगदान दिनेछन ।

यसै सन्दर्भमा, चैत १२ गते सामाजिक विकास मन्त्रालयमा सपथ ग्रहण तथा बैठक आयोजना हुने मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ।

नसरुल्लाह खान समाजसेवीका रूपमा लामो समयदेखि मुस्लिम समुदायको शिक्षाका क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनी कृष्णनगर नइमिया मस्जिदका अध्यक्ष हुन भने हालै सम्पन्न उद्योग वाणिज्य संघ कृष्णनगरकाे निर्वाचनमा निर्वाचित वरिष्ठ उपाध्यक्ष समेत हुन उहाँको मनोनयनसँगै सबै समुदायमा सकारात्मक प्रतिक्रिया देखिएको छ ।
पुर्व सांसद एवं कांग्रेसी नेता अभिषेक प्रताप शाहले आफ्नाे मेटा(फेसबुक) संजालमा खानलाई बधाइ दिनुभएकाे छ । त्यस्तै नेता किफायतुल्लह खां ,साकिर शाह, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा , सचिव रिषभ अग्रवाल , काेषाध्यक्ष प्रतीक अग्रवाल , अरविन्द अग्रवाल , अशिष अग्रवाल , अजित सिंह लगायतले पनि सफल कार्यकालकाे शुभकामना दिनुभएकाे छ ।

Facebook Comments Box