बहालविटाेरीकाे जग्गावाला छिट्टै लालपुर्जा पाउने : मन्त्री अधिकारी

सेयर गर्नुहोस

कपिलवस्तु , चैत्र १० । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मंत्री बलराम अधिकारीले बहालविटाेरीकाे जग्गावाला छिट्टै लालपुर्जा पाउने बताउनुभयो ।

उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मासंगकाे अनाैपचारिक भेटघाटमा मंत्री अधिकारीले कृष्णनगर तथा बहादुरगंज बजारका बहालविटाेरीकाे जग्गावाला छिट्टै लालपुर्जा पाउने बताउनुभयो ।
कृष्णनगर नगरपालिकाकाे वडा ८ र ९ साविक बहादुरगंज र वडा २ र ३ कृष्णनगर बजार क्षेत्रका जग्गाधनीले हकभाेग गर्दै आएका बहालविटाेरी जग्गाकाे लालपुर्जा पाएका छैन्न । निर्वाचनका बेला उम्मेदवारहरुले छिटै पाउने अश्वासन दिदै आएपनि हालसम्म वितरण हुन सकेकाे छैन । जबकी जिल्लाकाे केही पालिकामा वितरण भैसकेकाे छ ।
कृष्णनगर तथा बहादुरगंज बजारका बहालविटाेरीवालाले छिट्टै लालपुर्जा पाउने मंत्री अधिकारीले अश्वासन दिनुभएकाे अध्यक्ष शर्माले बताए ।
लालपुर्जा पाएपछि व्यापार व्यवसायका लागि बैंकबाट सजिलै ऋण पाउन सक्ने भएकाले छिट्टै नै वितरण हुने उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माकाे भनाई छ ।

Facebook Comments Box