कपिलवस्तुकाे उखु चिनि मिलले नै लग्ने

सेयर गर्नुहोस


कपिलवस्तु , माघ १४। जिल्लाका किसानहरुकाे उखु चिनि मिलमा पुग्ने भएकाे छ।
महालक्ष्मी सुगर्स लिमिटेड जवाभारीबाट सर्लाही विस्थापित भइसकेपछि जिल्लाका उखु किसानहरु निराशामा परेका थिए तर अहिले लुम्बिनी चिनी मिल सुनवलले यस क्षेत्रकाे उखु सरकारी दर मै आफै लग्ने भएपछि उखु किसान हर्षित भएका छन । कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चाैधरीकाे अगुवाईमा जिल्लाकाे शिवराज नगरपलिका ७ निबिहवामा लुम्बिनी चिनि मिल सुनवलले दुईवटा उखु कांटा जडान गरिसकेकाे छ भने अब किसानकाे उखु किनमेल पनि सहज हुने भएकाे छ। केही बर्षदेखि क्रेसर उद्योगले मात्र उखु किन्दा किसानलाई मर्का पर्दे अाएकाे थियाे तर चिनि मिलले उखु ४३५ प्रति क्विन्टल का दर ले लग्ने भएपछि कपिलवस्तु किसान संघले धन्यवाद दिएकाे छ।
अहिले उखुकाे सरकारी दर नेरु ४३५ र अनुदान ६५ रुपैयाँ मिलाएर कुल ५ सय कम्पनीले नै दिने भएकाे छ।

Facebook Comments Box