दाङमा डुबेर एक महिलाको मृत्यु

सेयर गर्नुहोस

दाङ ।

दाङमा एक कृत्रिम जलाशयमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका –१७ स्थित भैसाहीकी ३९ वर्षीया सिता खनालको आरोग्य ड्याममा डुबेर विहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँको अनुसार विहीबार दिउँसो डुबेर मृत्य भएको अबस्थामा तालमा मृतकको शब फेला परेको थियो । मृतक खनालको शब पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी शाहले बताउनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । वैखरी

Facebook Comments Box