बैशाख मा चुनाब हुन्छ चुनाबको तयारी गर्नुहोस : प्रेम ओलि

सेयर गर्नुहोस

बिकास भुसाल , कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिले बैशाख मा चुनाब हुने बिश्वास व्यक्त गर्नु भएको छ । नेकपा जिल्ला संगठन कमिटी दाङले लालमटियामा आयोजना गरेको बृहत भेला लाई संबोधन गर्दै प्रधानमन्त्री केपि शर्मा ओलिले आगामी बैशाखमा निर्वाचन हुने र नेकपा कार्यकर्ता लाई निर्वाचन मा जानको लागि आग्रह गर्नु भएको छ । राप्ती गाउपालिका -२ लालमटियामा भएको बृहत भेला लाई संबोधन गर्दै उहाले भन्नू भयो ” संसद विघटन संबैधानिक छ , निर्वाचन पनि हुन्छ कोहि भारतिय दलाल ले बिरोध गर्दैमा निर्णय रोकिने हैन ।” प्रधानमन्त्री केपि शर्मा ओलिले लुम्बिनी प्रदेशको बिकासका लागि सधै पहल गरिरहने बताउनु भएको छ। यसैगरी कार्यक्रम मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री संकर पोख्रेल ले केपि शर्मा ओलि नेतृत्वको सरकार ले गरेका कामहरुको चर्चा गर्नु भएको थियो । लुम्बिनी प्रदेशमा खानेपानी,सिचाइ , बिदयुत उत्पादन , शिक्षा र स्वास्थका क्षेत्रमा प्रगति गर्न सक्षम भएको र अझै राम्रो गराउने प्रधानमन्त्री समक्ष आग्रह पनि गर्नु भएको छ ।
खानेपानी मन्त्री मणि थापा , लुम्बिनी प्रदेशका मुख्य मन्त्री संकर पोख्रेल , सान्ता चौधरी , कोमल ओलि लगायत का नेताहरुको उपस्तिथि रहेको थियो । यस्तै प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालकै लामो पक्की पुल राप्तीपुलको पनि उदघाटन पनि गर्नु भएको छ ।

Facebook Comments Box