अवस्था र व्यवस्था परिवर्तनका लागि राजावादीकाे आन्दोलन
कृष्णनगर , चैत्र ७ । अवस्था र व्यवस्था परिवर्तनका लागि राजावादीहरुले आन्दोलन परिचालन समिति गठन गरेका छन ।
आज कृष्णनगरमा प्रताप सिंह चाैधरीकाे अध्यक्षतामा १५१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएकाे हाे । राप्रपा जिल्ला सचिव प्रेम शंकर शुक्लाकाे राेहवरमा सदस्य सचिव सुरेन्द्र प्रसाद माैर्यसमेतकाे उपस्थितिमा आन्दोलन परिचालन समिति गठन गरिएकाे प्रदेश सदस्य रामसेवक यादवले जानकारी दिनुभएकाे हाे । परिचालन समितिले कृष्णनगरमा आन्दोलनका कार्याक्रम थप सशक्त बनाउन चैत्र १४ गते समन्वय कार्यालय स्थापना गरि राजा फर्काउने देशव्यापी आन्दोलनलाई निरन्तरता दिने भएकाे छ ।
Facebook Comments Box
