मण्डलामा तेस्रो नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव शुरु

सेयर गर्नुहोस

काठमाडौँ : तेस्रो नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव शुरु भएको छ ।

बुधवार काठमाडौँ थापा गाउँस्थित मण्डला नाटकघरमा महोत्सव शुरु भएको हो। कार्यक्रममा अभिनेता दयाहाङ राईले आफूहरुको भोगाइ, यात्राको अनुभव साटासाटका रुपमा महोत्सवलाई अघि बढाइएको बताए।

उनले रैथाने ज्ञानको उज्यालोको रुपमा महोत्सवलाई लिएको बताए। अग्रजले दिएको सीप, ज्ञानलाई लिएर त्यही मार्गदर्शनबाट आफूहरु अघि बढिरहेको बताए। उनले आफूहरुले जानेको ज्ञान आउँदो पुस्तामा पुस्तान्तरण गर्न महोत्सव गरिएको बताए।

उनले रैथाने समाजबारे एकीकृत भइ महोत्सवमा छलफल गर्ने बताए। महोत्सवमा १२ देशका पाहुनालाई स्वागत गरिएको बताए। थाहा खबर

Facebook Comments Box