जाजरकोटमा लडेर एकजनाको मृत्यु
सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका- ३ पछ्याउरीमा लडेर एकजनाको मृत्यु भएको छ। ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको हो।
घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए। उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा बुधबार बिहान बाटोमै उनको मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले बताए। थाहा खबर
Facebook Comments Box
