कुर्मी परिवारले सुकुनालाई कुटिरहे, गाउँले रमिता हेरिरहे

सेयर गर्नुहोस

सनिउल्ला धोबी–
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ मयनारी बस्ने बर्ष ३० की सुकुना खटिक माथी निर्घात कुटपिट भएको छ ।
पीडित सुकुनाका अनुसार सोही गाउँ बस्ने नन्दलाल कुर्मी, अनिता कुर्मी, रेश्मी कुर्मी, राम देव कुर्मी, लकिचन कुर्मीले निर्घात कुटपिट गरेका हुन ।

आइतबार विहान सुकुना खटिकको लहसुन प्याज चोरी भएपछि सामान्य भनाभन हुदा कुर्मी (चौधरी) परिवारले सुकुना खटिकलाई मरणसन्य हुने गरि कुटपिट गरेका थिए ।

खटिकलाई कुट्दा गाउँका २५/३० जनाले राम हेरिरहका थिए । कुर्मीका पाच जना परिवारले कुदिरहेका बेला उनलाई बचाउने र छुटाइ दिने कोहि भएनन । अपशब्द बोल्दै,खटिकनी भन्दै दलित भनेर गाली गलौज गरि बलभर कुटेको रुदै सुकुनाले भनिन ।

विजयनगर गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष हृदय विकास चौधरीको आफन्ती समेत रहेका चौधरीहरूले सुकुनालाई कुटपिट गरेको हुन । आफूहरू चौधरी भएकोले कसैले केही बिगार्न नसक्ने भन्दै खटिकलाई कुटपिट गरेको स्थानीयले बताएका छन् ।

पीडित खटिकको भनाई अनुसार नन्दलाले एक्लै भएको समयमा बाटोमा रोकेर छेण्खानी गरे, गोप्य अङ्ग छोएको, चुम्मा गर्न खोजेको र गालामा पिटेको पिडित महिला खटिकले बताएकी छिन् । सुकुनाको टाउको, हात खुट्टामा चोट लागेको छ ।
सुकुनाको शासुले मेरी बुहारीलाई छोडदिनुस बचाईदिनुस कुटीरहेका मानिसहरुको खुट्टा छोप्दा समेत बुहारीलाई कुटीरहे मैले केही गर्न सकिन भनेर रुदै दुख ब्यक्त गरिन ।

रुदै उनले भनिन सबै परिवार त्यहाँ पुगेर अपहरण शैलिमा २ सय मिटर पर चौधरीले आफ्नो घरमा लगेर पिटेका छन् ।

सुकुनालाई कुटीसकेपछी चौधरीले दमपावर देखाउदै खटिकलाई उनको घरमा समेत जान दिएनन । उनै चौधरीले इलाका प्रहरी कार्यालय गणेशपुरको टोली समेत बोलाए ।

इलाका प्रहरी कार्यलय गणेशपुरबाट गएका प्रहरीले केही गरेन । उल्टै आफ्नो औसधि गराउनुस अनि पछि चौकिमा आउनुहोला भनी फर्किए ।

कुर्मी परिवारले दलित भन्दै सुकुनालाई पटकपटक कुटपिट गर्दै आएको स्थानीयले बताएका छ्न ।

सुकुनाको श्रीमान वैदेशिक रोजगारका बाहिर छन । सुकुना आफ्नो एउटा दुईटा बच्चा सहित एक्लै बस्दै आएकी छिन । सुकुनाको उपचार कपिलवस्तु अस्पताल तौलिहवामा भैरहेको छ ।

विजयनगर गाउँपालिका वडा नं ३ का वडाध्यक्ष हृदय विकास चौधरी (बिके) ले उक्त घटनाबारे थाहा नभएजस्तै कानमा तेल हालेर बसेको स्थानीयले बताएका छन ।
वडा अध्यक्ष चौधरी कुर्मीहरूकै पक्षमा रहेकोले उक्त घटना गाउँमै मिलाउन दबाब दिइरहेका छन ।

यता इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले उक्त घटनाबारे छानबिन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो दुवैतर्फको जाहेरी आएको छ हामीले अनुसन्धान गरिरहेका छौ ।

Facebook Comments Box