विशेष सुराकीको आधारमा २५ करोड बोकेको ट्रक समात्‍न सफल भयौँ : प्रहरी

सेयर गर्नुहोस

काठमाडौं : प्रहरीले विशेष सुराकीको आधारमा करिब २५ करोड बोकेको ट्रक समातिएको जनाएको छ।

आज(मंगलबार) ट्रक समातिएपछि गरेको पत्रकार सम्मेलनमा प्रहरीले विशेष सुराकीको आधारमा गरिएको अपरेसन रहेको जानकारी दिएको हो।

प्रहरीले यो पैसा कुन प्रयोजनका लागि लगिएको हो भन्ने अझै नखुलेको र थप यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ का कुसाङ लामा गएराति २५ करोड रुपैयाँसहित पक्राउ परेका हुन्। थाहा खबर

Facebook Comments Box