वार्षिक परीक्षा अनुगमनलाई निरन्तरता

सेयर गर्नुहोस


विजयनगर, ४ चैत्र ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालित कक्षा ८ को वार्षिक परीक्षाको अनुगमन कार्यलाई निरन्तरता दिएको छ । परीक्षालाई मर्यादित बनाउन अनुगमनलाई जोड दिएको शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले जानकारी दिए ।

अनुगमन टोलीले दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौगीमा फेरि सोमबार अनुगमन गरेको छ । अनुगमन संयोजक तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत हरिहर बेल्बासे र सूचना अधिकारी हिमलाल पौडेलेले पालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षा र सञ्चालित अन्य कक्षाको परीक्षाको समेत अनुगमन गरेका हुन् ।

पालिका स्तरीय वार्षिक परीक्षामा ७ सय ९४ जना परीक्षार्थीहरु सहभागी भएका छन् । पालिकाभित्र ३ ओटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको शिक्षा शाखा अधिकृत हरिहर बेल्बासेले जानकारी दिए ।

दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौली, लौटनराम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुर र भुवनेश्वरी माध्यमिक विद्यालय जगदीशपुरमा परीक्षा रहेका छन् । गाउँपालिकाभित्र रहेका १२ ओटा निम्न माध्यमिक विद्यालय तहका परीक्षार्थीहरु सहभागी भएका छन् ।

Facebook Comments Box