दुई हजार अवैध कुखुराका चल्ला नष्ट

सेयर गर्नुहोस



भाेला गुप्ता
विजयनगर, ४ चैत्र ।
इलाका प्रहरी कार्यालय गणेशपुरले २ हजार अवैध ब्राेइलर कुखुराका चल्ला नष्ट गरेकाे छ । तस्करले भारतबाट चाेरी निकासी गरि ल्याएकाे चल्लालाई प्रहरी गस्ती टाेलीले साेमबार बरामद गरेकाे हाे ।
प्रहरीले विजयनगर-७ मानपुरडाँडाबाट कुखुराका चल्ला नियन्त्रण लिएकाे जनाएको छ । इलाका प्रहरी कार्याालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले बरामद गरिएको चल्लाकाे मुल्य १ लाख १० हजार बराबरको रहेको बताए ।
बरामद गरिएको अवैध चल्लालाई जनप्रतिनिधि, प्रहरी, स्थानीय, पशु क्वारेन्टाइनका प्रतिनिधि र सञ्चारकर्मीकाे राेहबरमा नष्ट गरिएको उनले जनाए ।

Facebook Comments Box