छोरा-छोरी नहुँदा गाउंले युवक द्वारा एक बृद्धको दागबत्ति गरी पुण्य कर्म

सेयर गर्नुहोस

कपिलवस्तु, माघ११ गते।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मड़हा गाउँमा बस्दै आएका बुद्धु कुर्मी ७० बर्षको उमेरमा प्रकृतिक मृत्यु भएको हो। गत पुस महिनाको २८ गते मंगलबारका दिन बुद्धु कुर्मीको मृत्यु भएको थियो। मृतकको छोरा-छोरी नहुँदा अन्तेष्टिको समयमा दागबत्ति गर्ने मान्छे नभए पछि समास्या भएको थियो। उक्त दिन गाउँका भद्र भलादमी एक जुट भएर समास्याको समाधान खोज्ने क्रममा , सोही गाउँका बैजु भन्ने राजेन्द्र प्रसाद नाऊका २७ बर्षीय छोरा जितेन्द्र प्रसाद नाऊले म गर्छु यहाँको दागबत्ति भन्नासाथ गाउँका मानिसहरूले उनी द्वारा घाटमा दागबत्ति गराएका हुन्। जितेन्द्र प्रसाद नाऊले दागबत्ति दिई १३ दिन सम्म क्रिया समेत बसेका र १३औ दिनको पुण्यतिथिमा पुण्य कर्म समेत गरेका हुन्।
सोही वडाका वडाध्यक्ष तुंग नाथ चौधरीको भनाई अनुसार यो एक सामाजिक कार्य हो। यस्ता कार्य गर्नेहरु कमै हुन्छन् तर जितेन्द्र प्रसाद नाऊले गरेको कार्य यो वडामा मात्र नभएर पालिकामै उदाहरणीय काम बनेकाे छ। वडाध्यक्ष चाैधरी भन्नुहुन्छ कि जब बुद्धु कुर्मीको मृत्युको खबर सुन्दा एक छिन अन्योलमा परियो। वहाँको छोरा-छोरी छैनन्, अब कसरी अन्तेष्टि गर्ने होला।तर जितेन्द्र प्रसाद नाऊ अगाडी आई सबै काम सहज बनाई दिएका हुन्।

Facebook Comments Box