कपिलवस्तुका आइकन- आकाश गुप्ता

उनी हुन याेगगुरु आकाश गुप्ता । जिल्लाकाे कृष्णनगर नगरपालिका वडा ८ बहादुरगंजकाेे मध्यम परिवारमा जन्मिएका आकाशकाे प्ररम्भिक शिक्षा कक्षा १० सम्म श्रीराम गाेरखा मावि बहादुरगंजमा भएकाे हाे । परिवारिक अवस्था राम्राे नभएकाले सामुदायिक विद्यालयका पठनपाठन गराउन बाध्य बुवा छट्ठीराम गुप्ता बच्चाहरुकाे उच्च शिक्षाका लागि वैदेशिक राेजगारमा पुगे । यता भारतकाे हरिद्वार अवस्थित देव संस्कृति विश्वविद्यालयबाट याेग विद्यामा पिएचडी अध्यनरत छिमेककै दाजु बृजेश कश्यपकाे सुझाव अनुसार आकाशले पनि परिवरिक छलफल पछि याेग विषय नै छनाैट गरे । स्नातक र माटर्ससम्म साेही विश्वविद्यालयबाट याेग शिक्षाकाे पढाइ सकिएपछि उनी काभ्रेकाे भुम्लु गाउंपालिकाकाे पालिकाकाे याेगा प्रशिक्षककाे पदमा नियुक्त भए ।


उनी गाउंपालिकाभित्रका विद्यालयका विद्यार्थीहरुलाई याेग शिक्षा दिने र प्रशिक्षण गर्ने गरेकाे बताउँछन् । पालिकास्तरका याेेग अभ्यास तथा खेलकुद प्रतियोगितामा आफू र आफ्ना विद्यार्थीसमेत सहभागी गराइसकेका आकाश अहिले याेग गुरुका नामले चिनिन्छन ।

भारतीय दुतावासले गराउने याेग तथा खेलकुद कार्यक्रम लगायत याेग अभ्याससंग सम्बन्धित अधिकांश कार्यक्रममा उनी सहभागी हुन्छन र आफ्नाे कार्यकुशलता प्रदर्शित गरि कपिलवस्तु जिल्लाकाे सम्मान बढाउन उल्लेखनीय भुमिका खेलेका हुन ।

काठमाडौंमा भएकाे तेस्राे अन्तर्राष्ट्रिय याेग खेलकुदमा सार्क देशहरुमा उनी दाेस्राे स्थान हासिल गरेका थिए । आफ्नाे कामप्रति सन्तुष्टि व्यक्त गर्दै अझ मेहिनेतले याेग शिक्षा र यसकाे महत्वबारे समाजिक जनचेतना फैलाउने मेराे लक्ष्य रहेकाे आकाशले बताएका छन ।

उनी भन्छन – याेग अभ्यास र खेलकुदले मानिसकाे मस्तिष्क तथा शारीरिक संरचना विकासमा टेवा पुर्याउदै आएकाले नै अहिले विश्वभरि याेगकाे प्रचार प्रसार भईरहेकाे छ । भुम्लु गाउंपालिका जस्तै नेपालका प्रत्येक पालिकामा याेग तथा खेलकुद प्रशिक्षक नियुक्त गरि विद्यार्थी लक्षित कार्यक्रम ल्याउन जरुरी छ । स्वास्थ मस्तिष्कले नै स्वच्छ शिक्षाकाे संचार गराउंछ त्यसैले याेग प्रशिक्षण अहिलेकाे मुख्य आवश्यकता बन्दै गएकाे छ ।
कपिलवस्तुबाट काठमाडौं नजिकै काभ्रे जिल्लामा आफ्ना याेगदान दिएर कपिलवस्तुकाे मान सम्मान बढाउदै आएका आकाश अहिले याेग सम्बन्धित थप प्रशिक्षण पनि लिदै गरेका छन ।

