जनकपुरधाममा उल्लासका साथ मनाइयो होली

सेयर गर्नुहोस

काठमाडौं : जनकपुरधाममा उल्लासपूर्ण रुपमा होली मनाइएको छ। स्थानीयवासीहरूले एकअर्कालाई रङ लगाएर र खुशी साटासाट गरेर होली मनाएका हुन्।

होलीका अवसरमा मानिसहरूले विविध रङहरू एकअर्कामाथि हालेर पर्वलाई रमाइलोका साथ मनाउने गरिन्छ। यो पर्व धार्मिक सीमाभन्दा पर गई उत्साह र सद्भावको रूपमा मनाइन्छ।

नेपालीहरू, चाहे जुनसुकै धर्म वा समुदायका हुन्, होलीको अवसरमा एउटै आँगनमा भेला भएर उल्लासपूर्वक रमाउँछन्। तराईका अन्य जिल्लाहरूमा होली (हिजो) शुक्रबार नै सम्पन्न भए पनि जनकपुरधाममा भने एकदिन ढिलोगरी मनाइन्छ।

यसको मुख्य कारण मिथिला परिक्रमा उत्सव हो। जसका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको छ। नगरका विभिन्न स्थानहरूमा मटकाफोर, जोगिरा गायन जस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका छन्। विशेष रूपमा मनाइने जनकपुरधामको होली हेर्न देश–विदेशका पर्यटकहरू पनि ठूलो संख्यामा आउने गर्दछन्।थाहा खबर

Facebook Comments Box