हाेल्डिङ्ग सेन्टर प्रयाेगविहिन,स्कुल वा अस्पताल संचालन गर्न सराेकारवालाकाे माग
अँकुश श्रीवास्तव /कपिलवस्तु , चैत्र २ । कोरोना संक्रमणका बेला निर्माण भएको होल्डिङ सेन्टर अलपत्र भएकाले स्कुल वा अस्पताल संचालन गर्न सराेकारवालाले माग गरेका छन ।
दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा बढिरहेका बेला निर्माण सुरु भएको कृष्णनगर भन्सार र शिवानगर गाउंमा रहेका एक हजार बेडका होल्डिङ सेन्टरहरु प्रयोगविहीन बनेको हो ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका १ सेमरा र शिवानगरमा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र परेको छ । १ हजार बढीलाई राख्न सकिने क्षमताको उक्त होल्डिङ सेन्टर सञ्चालनका विषयमा अझै पनि अन्योलता रहेको छ ।
उक्त क्षेत्रमा १ हजार बेड क्षमताका भान्साघर, डाइनिङ हल तथा शौचालय जस्ता संरचना निर्माण भएका छन् । भवनभित्र बेडदेखि कुर्सी टेबुलहरू पनि राखिएका छन् । तर तिनको रेखदेख गर्ने सेनारहेपनि भित्रि संरचनाका टाेटी, ह्यान्डपम्म, स्विच लगायतका सामान चाेरी भइरहेका छन।
कोरोना संक्रमण तीव्र बढ्न थालेपछि सरकारले २९ करोड ९९ लाखमा नेपाली सेना मातहत दुईवर्ष पहिला उक्त होल्डिङ सेन्टर निर्माण गरेको थियो । भारतबाट घर फर्किनेहरूमा संक्रमण देखिए कृष्णनगर नाका हुँदै जाने नेपाली सोही क्षेत्रका होल्डिङ सेन्टरमा होम आइसोलेसनमा राख्ने लक्ष्य राखिएको थियो । ‘संरचना निर्माण सकेर होल्डिङ सेन्टर निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनले नेपाली सेनालाई हस्तान्तरण गरेपनि हालसम्म कुनै निकायकाे मताहतमा पुगेकाे छैन ।

जीर्ण बनाउनभन्दा स्कुल बनाउनु बेस
कांग्रेसी नेता पुर्व सांसद अभिषेक प्रताप शाहले कराेडाैंकाे लगानीमा बनेकाे हाेल्डिङ्ग सेन्टरलाई प्रहरी व अन्य सरकारी निकायकाे विद्यालय बनाउनु बेस हुनेमा जाेडदिनुभएकाे छ । संविधानसभा सदस्यसमेत रहनुभएका शाह पार्टी सत्तामा रहेकाले आफू सक्दाे पहल गरि प्रहरी विद्यालय व कालेज संचालन गराउन लागिपर्ने प्रतिवद्ध रहेकाे बताउनुभयो ।

आकस्मिक अस्पताल नै संचालन गर्दा उत्तम हुने
अस्पताल कै संरचना बनाईएकाले प्रदेश व संघ सरकारले आकस्मिक अस्पताल संचालन गरे भारतमा उपचार गर्न जाने नेपालीकाे लागि राहत हुने कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहकाे भनाइ छ । नगरप्रमुख शाहले अस्पतालका सन्दर्भमा कृष्णनगर क्षेत्रमा शिवराज अस्पताल , आँखा अस्पताल र निजि अस्पताल छन तर प्रदेश व संघ स्तरका अस्पताल यस क्षेत्रकाे लागि आवश्यक रहेकाले हाेल्डिङ्ग सेन्टरलाई अस्पताल नै बनाउदा उत्तम हुने बताउनुभयो ।

भारतीय पर्यटकका लागि रिफ्रेसमेन्ट सेन्टर बनाउदा ठिक
सिमा नाकाका बजार चलायमान बनाउन भारत लगायतका पर्यटकका लागि रिफ्रेसमेन्ट सेन्टर बनाउदा अर्थतन्त्रलाई टेवा पुग्ने उद्योग बाणिज्य संघ कृष्णनगर का अध्यक्ष रितेश शर्माले बताउनुभयाे । भारतबाट आउने पर्यटकका लागि विश्रामस्थलका रुपमा हाेल्डिङ्ग सेन्टरलाई संचालन गर्न सरकारले आवश्यक कदम उठाउंदा बजार चलायमान हुन्थयाे साथै देशकाे अर्थतन्त्रमा समेत मद्दत पुग्थयाे ।
कोरोना संक्रमण सुरु हुने बेलामा होल्डिङ सेन्टर सञ्चालनको कुरा उठेकाे थियाे पछि सेलाउदै गएकाे छ । भारतमा कोरोना संक्रमण पनि कम देखिन थालेपछि भित्रिने नेपाली सिधै आफ्नाे घर पुग्न थालेका छन जसले गर्दा पनि हाेल्डिङ्ग सेन्टर संचालन गर्न उदाशीनता देखिएकाले प्रयाेग विहिन भई कराेडाैंका माल समान र संरचनासमेत अलपत्र बनेका छन ।


