कनेक्ट किसान र भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच समझदारी
काठमाडौं : कनेक्ट किसान र नेपाल भेटरिनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच कृषि क्षेत्रको डिजिटलाइजेसनलाई थप मजबुत बनाउने विषयमा समझदारी भएको छ।
सम्झौतामा एसोसिएसनका अध्यक्ष रितेश रिमाल र कनेक्ट किसानका निर्देशक राजन दाहालले हस्ताक्षर गरेका छन्।
यो सम्झौताले कृषि र भेटरिनरी सेवामा अनलाइन प्रविधिको समावेशलाई सुनिश्चित गर्दै भविष्यमा प्रगति र विकासको दिशा तय गर्ने अपेक्षासाथ गरिएको छ।
यो सहकार्यले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई बढावा दिने र कृषक समुदायलाई अधिक प्रभावकारी र सुलभ सेवा प्रदान गर्ने विश्वास एसोसिएसनका अध्यक्ष रिमालले व्यक्त गरे।थाहा खबर
Facebook Comments Box
