कपिलवस्तुको शिवराजमा शतचण्डी महायज्ञ तथा श्रीराम कथा आयोजना हुँदै

सेयर गर्नुहोस

कपिलवस्तु- – विश्वकल्याणार्थ श्री शतचण्डी महायज्ञ तथा संगीतमय श्रीराम कथा शिवराज नगरपालिकामा आयोजना हुने भएको छ । शिवराज नगरपालिका–७, कपिलवस्तुमा यही चैत ८ गते (मार्च २१, २०२५) शुक्रबारका दिन कलश यात्रा तथा कथा प्रवचन प्रारम्भ हुने आयोजकले जनाएका छन् ।

आयोजनाको प्रमुख उद्देश्य धार्मिक तथा आध्यात्मिक चेतनाको विस्तार गर्नु रहेको छ । कथा प्रवचन कार्यक्रम प्रत्येक दिन साँझ ७ बजेबाट सुरु हुने वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो ।

महायज्ञको अन्तिम दिन चैत १६ गते (मार्च २९, २०२५) शनिबारका दिन हवन तथा प्रसाद वितरण गरिनेछ शिवराज ७ का वडा अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो ।

कथावाचक कृष्ण शास्त्री महाराज रहनुहुनेछ भने यज्ञाचार्यको जिम्मेवारी आचार्य पन्डित शिवम पाण्डेयले सम्हाल्नुहुने छ। प्रमुख आयोजकका रूपमा वडा अध्यक्ष अनुप कुमार चौधरी रहेका छन्।

आयोजक समितिले धार्मिक उत्सवलाई भव्य र सभ्य बनाउन सबै भक्तजनलाई सहभागी हुन अनुरोध गरेको छ ।

Facebook Comments Box