अनेम संघ विजयनगर २ काे वडा कमिटी अध्यक्षमा दिना देवी तिवारी

सेयर गर्नुहोस



आरती परियार
अखिल नेपाल महिला संघ विजयनगर गाउँपालिका-२ काे वडा कमिटी अध्यक्षमा दिना देवी तिवारी चयन भएकी छन् । नेकपा एमालेकाे जनवर्गीय संगठन अनेम संघकाे दाेस्राे अधिवेशन तथा भेलाले तिवारीकाे नेतृत्वमा वडा कमिटी सर्वसम्मत रुपमा गठन गरिएको जनाइएको छ ।

जसकाे उपाध्यक्षमा जमिरुन निसा, सचिवमा नानुमाया पाैडेल, उप-सचिवमा मञ्जु यादव र काेषाध्यक्षमा लक्ष्मी थारु गरि १७ सदस्य चयन भएका छन् । संगठनमार्फत महिलाहरुलाई सशक्त बनाउने र हक अधिकारकाे बारेमा सक्षम हुने जाेड दिएकाे छ ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गाेपाल बहादुर थापाले सबै महिलाहरु संगठित हुन आवश्यक रहेकाे बताए । उनले गाेलबद्ध भए मात्र महिलाहरुकाे माग सम्बाेधन हुने बताउँदै संगठनमा सक्रिय हुनुपर्ने बताए । एमाले सर्वहारा वर्गकाे पार्टी भएकाे बताउँदै विभेद रहित ढंगले अगाडी बढेकाे उनले बताए ।

यस्तै अनेम संघ जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले महिला सशक्तीकरणमा जाेड दिइन् । उनले आफू सक्षम नभएसम्म महिलालाई राजैतिक मूलधारमा आउन ठुलाे चुनाैती भएकाे बताइन् । उनले एकताबद्ध हुँदै संगठनमा लाग्नुपर्ने आग्रह गरिन् ।

कार्यक्रममा अनेम संघ विजयनगर गाउँ कमिटी अध्यक्ष अमृता खड्का, सचिव सरिता पाण्डे लगायत सम्बाेधन गरेका थिए ।

Facebook Comments Box