कपिलवस्तुको बहादुरगन्जमा रक्तदान कार्यक्रम हुने

सेयर गर्नुहोस

बृजेश यादव, कपिलवस्तु– “रक्तदान जीवनदान” भन्ने नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगन्ज स्थित शिवराज अस्पतालमा यही बुधबार फागुन २८ गते बिहान ८:०० बजे रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

उक्त कार्यक्रम अवधी पत्रकार संघ नेपाल, जिल्ला कार्य समिति कपिलवस्तु को आयोजनामा तथा रक्त सञ्चार केन्द्र, बुटवल को प्राविधिक सहयोगमा सम्पन्न हुन लागेको हो ।

कार्यक्रमबारे जानकारी दिँदै अवधी पत्रकार संघ नेपालका अध्यक्ष मनिष गुप्ता ले रक्तदान महादान भएकाले समाजका सबै सचेत नागरिकहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।

उहाँका अनुसार यो कार्यक्रमबाट कपिलवस्तुभित्र र आसपासका क्षेत्रका रक्तअभाव झेलिरहेका बिरामीहरूलाई राहत मिल्नेछ ।

अवधी पत्रकार सघं नेपाल कपिलवस्तुका सचिव सचिव बृजेश यादवले रक्तदान कार्यक्रममा सबै व्यक्तिहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै स्वस्थ व्यक्तिहरूले रक्तदान गर्नुपर्नेमा जोड दिनुभयो ।

रक्तदान मानव जीवन बचाउने पुण्यकार्य भएकाले शिवराज अस्पताल, बहादुरगंज मा हुने यस कार्यक्रमलाई सफल बनाउन आयोजकहरूले सबैलाई सहभागी अनुरोध गरेको छ ।

Facebook Comments Box