वडा केन्दित अभियान तीव्र : परसहवाडिहवामा अमर काेरीकाे नेतृत्वमा टाेल कमिटी गठन

सेयर गर्नुहोस



आरती परियार
विजयनगर, २४ फागुन ।

नेकपा एमाले विजयनगर गाउँ कमिटीले वडा केन्द्रित अभियानलाई तीव्रता दिएकाे छ । विजयनगर गाउँपालिका-३ परसहवाडिहवामा शनिबार टाेल कमिटी गठन गरेकाे छ ।

अमर काेरीकाे नेतृत्वमा ११ सदस्य टाेल कमिटी गठन गरिएको छ । जसकाे उपाध्यक्षमा उपाध्यक्षमा जानकी केवट, सचिवमा हिरा केवट, सह-सचिवमा राजमति पासी, माेबिना खातुन गरि ९ सदस्य टाेल कमिटीमा चयन भएका छन् ।

जरा केन्द्रित अभियालाई सफल बनाउन पार्टीकाे निति अनुसार एमाले जनताकाे घरघरमा पुग्दै एमालेकाे विचार, सिद्धान्त र धारणासहित वडा केन्द्रित अभियानमा जाेड दिएकाे छ ।

कार्यक्रममा गाउँ कमिटी सचिव गाेकर्ण प्रसाद सापकोटा, सह-सचिव गाेपाल काेइराला, वडा कमिटी अध्यक्ष बुद्धिराम अर्याल, सचिव विजय यादव, सदस्य सुरेन्द्र कुमार चाैधरी, जाकिर पठान, अलि हसन लगायतकाे उपस्थिति थियोे ।

Facebook Comments Box