शंखरापुरमा अनियन्त्रित टिपर टहरोमा ठोक्कियो, तीन जनाको मृत्यु
काठमाडौंको शंखरापुर नगरपालिका-६ साँखु सलम्बुटारस्थित एक अस्थायी टहरामा टिपर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ का २५ वर्षीय सागर माझीले चलाएको बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको टहरामा ठोक्किएको थियो।
टहरोमा ६१ जना बस्दै आएका छन् । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए, जसमध्ये तीन जनाको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका उनीहरूको नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४:३० बजे मृत्यु जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए ।
उनका अनुसार प्रहरीले दुर्घटनापछि चालक सागर माझीलाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । वैखरी
Facebook Comments Box
