विजयनगर ३ महदेइयामा कमलेश केवटकाे नेतृत्वमा ९ सदस्य टाेल कमिटी गठन

सेयर गर्नुहोस



विजयनगर, २३ फागुन ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका- ३ महदेइयामा कमलेश केवटकाे नेतृत्वमा ९ सदस्य टाेल कमिटी गठन भएको छ । नेकपा एमालेले जरा केन्द्रित अभियानलाई सफल बनाउन महदेइयामा भएकाे भेलाले केवट नेतृत्वमा टाेल कमिटी गठन गरेकाे हाे ।

शुक्रबार भएको भेलाले उपाध्यक्षमा पुष्पा पासी, सचिवमा राम केवल अहिर, सह-सचिवहरुमा लालमति चाैधरी, दिलिप कुमार चाैधरी, सदस्यहरुमा सायमा खातुन, आरती यादव, सहिदुन निसा र राकेश पासी टाेली कमिटीमा चयन भएका छन् ।

कार्यक्रममा नेकपा एमाले गाउँ कमिटीका उप-सचिव गाेपाल काेइराला, ३ का वडा कमिटी अध्यक्ष बुद्धिराम अर्याल, वडा कमिटी सचिव विजय यादव, सदस्य सुरेन्द्र चाैधरी लगायतकाे उपस्थिति थियोे ।

एमालेकाे वडा केन्द्रित अभियानलाई प्रभावकारी बनाउन टाेल कमिटी गठनलाई तीव्रता दिइएको छ । एमालेमय बनाउन एमालेले टाेल-टाेल र घर-घरमा पुग्ने उद्देश्यले अभियानलाई जाेड दिएकाे छ ।

Facebook Comments Box