कपिलवस्तुको बाणगंगाबाट स्रोत नखुलेको १४ लाख बढि रकमसहित ४ जना पक्राउ
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका स्रोत नखुलेको ९ लाख रकमसहित ४ जना पक्राउ परेका छन । बाणगंगा नगरपालिकाको वडा नम्बर ४ स्थित चारनम्बर जितपुरबाट ४ जना पक्राउ परेका हुन ।
चार नम्बर जितपुरमा रहेको केसि फेन्सीको अन्डरग्राउण्डमा रहेको कोठामा बसेको अवस्थामा शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुको साथबाट स्रोत नखुलेको ९ लाख भारु नेपाली १४ लाख चालिस हजार रकम सहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा अर्घाखाची सन्धीखर्क ५ का ३० बर्षीय गोविन्द बिक, कपिलवस्तु मायादेवि गाउपालिका ८ बस्ने बर्ष ३८ को सोजनाथ कसौधन, बुटवल १६ का ४१ बर्षीय बस्नत खरेल र कपिलवस्तु नगरपालिका ११ का ४२ बर्षीय शेषनारायण गिरिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मोहन मणी अधिकारीले वैखरी मिडियालाई जानकारी दिए ।
