४५ जना ज्येष्ठ नागरिक र ३५ विद्यार्थी सम्मानित

सेयर गर्नुहोस

भक्तपुर : बालकुमारी रिसाल स्मृति प्रतिष्ठानले दधिकोटमा ४५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।

उनीहरुलाई शनिबार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले स्थानीय दुई विद्यालयका ३५ जना विद्यार्थीलाई पनि नगदसहित सम्मान गरेको छ।

अरनिको मावि र बालचेतन सामुदायिक विद्यालयका सबै कक्षामा प्रथम हुने छात्रछात्रालाई नगद ७ हजार रूपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको प्रतिष्ठानका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले जानकारी दिए।

साथै केही विपन्न र जेहनदार विद्यार्थीलाई पनि प्रोत्साहन स्वरूप नगद ५ हजारसहित सम्मान गरिएको उनले बताए। प्रतिष्ठानले विभिन्न सात वटा धार्मिक संस्थालाई पनि नगद ५ हजारदेखि २५ हजारसम्म दिएर सम्मान गरेको छ।

प्रतिष्ठानले स्थापना गरेको अक्षकोषको ब्याज रकमबाट हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गर्ने गरिएको उपाध्यक्ष न्यौपानेले बताए। थाहा खबर

Facebook Comments Box