सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्षमा नेत्रप्रसाद गौडेल निर्विरोध निर्वाचित

सेयर गर्नुहोस

तिलोत्तमा — सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्षमा नेत्रप्रसाद गौडेल निर्विरोध निर्वाचित भएका छन् । संघमा अध्यक्षसहित अधिकांश पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन् ।

आगामी फागुन २४ गते शनिबार हुने संघको अधिवेशन (निर्वाचन) का लागि शुक्रबार भएको मनोनयन दर्तामा उपाध्यक्ष (वाणिज्य) र सह–कोषाध्यक्षबाहेक पदाधिकारीतर्फका अन्य पदमा निर्विरोध भएको हो ।
प्रमुख निर्वाचन आयुक्त शिव प्रसाद गौडेलका अनुसार संघको अध्यक्षमा नेत्रप्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा दिलिप प्रसाद कान्दु, उपाध्यक्ष (कर्पोरेट) मा रोहित कुमार अग्रवाल र उपाध्यक्ष (उद्योग) मा गोविन्द ज्ञवाली निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा कृष्ण प्रसाद घिमिरे, कोषाध्यक्षमा कमलप्रसाद मरासिनी र सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
संघको वस्तुगत सदस्यमा प्रितम रौनियार, महिला उद्योग सदस्यमा विष्णुमाया शर्मा, कर्पोरेट सदस्यमा विकास गोयनका र अप्रित कुमार अग्रवाल निर्विरोध निर्वाचित भए ।

उपाध्यक्ष (वाणिज्य) मा एक पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा यमकला न्यौपाने, दिपक कुमार पौडेल र हरि बहादुर थापा रहेका छन् । त्यसै गरी सह–कोषाध्यक्षमा संजय कुमार बेरीवाल र पल्लवी न्यौपानेको उम्मेदवारी परेको छ ।

Facebook Comments Box