बुटवलमा शक्ति प्रदर्शन गर्दै राप्रपा
रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनीले आज बुटवलमा प्रदेशस्तरीय आमसभाको तयारी गरेको छ । ट्राफिक चोकमा गरिने यो कार्यक्रममा राप्रपाले शक्ति प्रदर्शनको रूपमा तयारी गरेको छ ।
लुम्बिनीमा राप्रपाका उपाध्यक्ष धुव्रबहादुर प्रधान, महामन्त्री धवलशमशेर राणा, सहमहामन्त्री ताहिर अली, केन्द्रीय सल्लाहकार समिति संयोजक निरन्जन थापा, सचिव प्रदीप उदयसहितका नेताहरूको गृहप्रदेश हो ।
लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका प्रदीप उदयले सातै प्रदेशमा यस्तो जनसभा गरिरहेको र बुटवलमा प्रदेशको शक्ति प्रदर्शन गरिने र पार्टीका सबै शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाए ।
Facebook Comments Box
