टिचिङ अस्पतालका डाक्टरमाथि कुटपिट

सेयर गर्नुहोस

काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि हातपात भएको छ ।

आज बिहान एकजना ८० वर्षीय बिरामीको मृत्यु भएपछि उनका आफन्तले डा. सबिन भण्डारीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटमा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा स्वीकार गरेनन् । आक्रोशमा आएका मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टरमाथि नै कुटपिट गरेको उनको भनाइ छ ।

मृतकको शव अस्पतालमै राखिएको छ । गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो तर उपचारकै क्रममा उनको आज बिहान निधन भएको थियो । डाक्टरमाथि कुटपिट गर्नेलाई महाराजगञ्ज प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

Facebook Comments Box