माध्यमिकी परिक्रमाका यात्री आज भारतको फूलहर पुग्दै

सेयर गर्नुहोस

महोत्तरी : मिथिला माध्यमिकी परिक्रमाका यात्री शनिबार तेस्रो दिनको विश्रामका लागि भारतको मधुवनी जिल्लामा पर्ने फूलहर पुग्दैछन्।

गत बिहीबार शुरु भएको १५ दिने यो परिक्रमा यात्रामा पहिलो दिन धनुषाको हनुमानगढी र दोस्रो दिन मधुवनीकै कलना रात्रि विश्राम गरेका यात्री आज तेस्रो दिनको बासका लागि फूलहर पुग्नेछन्।

मिथिलाको महाकुम्भ मानिने यो यात्राका सहभागीको स्वागतसत्कार, भोजन, आवाससहितका प्रबन्धमा मटिहानीवासी जुटेका छन्। मटिहानीसहित जिल्लाका अन्य चार पडावस्थलमा भोजन, आवास, प्राथमिक स्वास्थ्योपचार र सुरक्षासहितका प्रबन्ध र मेला व्यवस्थापनको अन्तिम तयारी जारी छ। जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवन यात्रीका रात्रि विश्रामस्थल हुन्।

महोत्तरी र धनुषा एवं भारतको मधुवनी जिल्लाका केही भाग समेटिएको १३३ किलोमिटर वृत्तभित्र माध्यमिकी यात्रा गरिन्छ। त्रेता युगका श्रीराम र सीताको पदचिह्न पछ्याउन यात्रा थालिएको मानिन्छ। थाहा खबर

Facebook Comments Box