राष्ट्रसंघमा अमेरिकाले गर्‍यो युक्रेनको विपक्ष र रुसको पक्षमा मतदान

सेयर गर्नुहोस

एजेन्सी

द्वन्द्व अन्त्य गर्नेसंयुक्त राष्ट्रसंघको प्रस्तावहरूमा पहिलो पटक अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ। यस क्रममा पहिलोपटक अमेरिकाले रुसको पक्ष लिएको बीबीसीले जनाएको छ।

प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्दा ६५ देशले मतदानमा भाग लिएनन्।प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू समावेश छन्। यसैबीच अमेरिका भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोँले शान्ति स्थापनाको अर्थ युक्रेनको आत्म समर्पण मात्र हुन नहुने बताएका छन्।

रुस-यक्रुेन युद्ध अन्त्यको प्रयासका लागि राष्ट्रपति म्याक्रोँ ह्वाइट हाउस पुगेका हुन्।। भेटपछि संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति स्थापनाका लागि अमेरिकाले मात्र नभई युरोपेली राष्ट्रले पनि मूल्य चुकाउनु पर्ने बताए।

२०२२ को फेब्रुअरी २४मा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनले शान्ति स्थापनाका लागि संसारलाई विश्वस्त पार्नुपर्ने बताए। थाहा खबर

Facebook Comments Box