विस्थापन प्यालेस्टिनी मुद्दालाई समाप्त पार्ने योजना हो :अरब संसदका सभामुख

सेयर गर्नुहोस

एजेन्सी

अरब संसदका सभामुख मोहम्मद अल–यामाहीले प्यालेस्टाइनीहरुको विस्थापन प्यालेस्टिनी मुद्दालाई समाप्त पार्ने योजना रहेको बताएका छन्। अरब संसद र परिषद्का प्रमुखहरूले अर्को महिना इजिप्टमा हुने आपतकालीन अरब शिखर सम्मेलनमा पेश गरिने संसदीय दस्तावेज स्वीकार गर्दै उनले यस्तो बताएका हुन्।

दस्तावेजले विस्थापन र विलय योजनालाई अस्वीकार गर्दै प्यालेस्टिनी जनताको आफ्नो भूमिमा रहने दृढ संकल्पको समर्थन गरेको छ। अरब संसद् र परिषद्का अध्यक्षहरूको लागि ७ औं अरब संसद सम्मेलन अघि अल–यामाहीले दिएको भाषणमा यो घोषणा आएको हो।

सम्मेलनले अरब जनताको हितको सेवामा अरब संसदीय कुटनीतिको भुमिका बढाउने लक्ष्य राखेको छ। अल–यामाहीले गाजा पट्टीको पुनर्निर्माणको लागि इजिप्टको प्रयासलाई अरब संसदको पूर्ण समर्थन रहेको बताए। जसले प्यालेस्टिनी जनताको आफ्नो भूमिमा शान्तिपूर्वक बस्न पाउने दृढ अधिकारको ग्यारेन्टी गर्ने बताए।

अरब संसद र अरब संसदीय संघ बीचको सहयोग सम्झौतामा हस्ताक्षरसँगै समाप्त भएको छ। यो कदम क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा संयुक्त अरब कार्य र समन्वयलाई सुदृढ पार्ने उद्देश्यले गरिएको थियो। सम्झौताले अरब जगतले सामना गरिरहेका प्रमुख चुनौतीहरूको बीचमा तीव्र आधिकारिक सहयोग प्रयासहरूलाई प्रतिविम्वित गरेको छ। थाहा खबर

Facebook Comments Box