अमेरिकी ट्यारिफ नीतिहरूबाट हुने विश्वव्यापी आर्थिक जोखिमबारे विज्ञहरुको चेतावनी

सेयर गर्नुहोस

एजेन्सी

धेरै अन्तर्राष्ट्रिय विज्ञहरूले अमेरिकी ट्यारिफ नीतिहरूको सम्भावित विश्वव्यापी परिणामहरूको बारेमा चिन्ता व्यक्त गरेका छन्। उनीहरुले बढ्दो व्यापार अवरोधहरूले मुद्रास्फीतिलाई बढावा दिनसक्ने चेतावनी दिएका छन्।

विश्वव्यापी रूपमा आपूर्ति शृङ्खलाहरू विघटन गर्नसक्ने उनीहरुको चेतावनी छ। अमेरिकामा ट्यारिफ राख्नुको नकारात्मक पक्ष उच्च मुद्रास्फीति रहेको भन्दै कोर इण्डोनेसियाका कार्यकारी निर्देशक मुहम्मद फैसलले जुन कुरा अमेरिकीहरू, विशेष गरी संघीय रिजर्भले पछिल्लो एक वा दुई वर्षमा मुद्रास्फीतिसँग लड्न प्रयास गरिरहेका बताए।

तर यो नयाँ नीतिको साथ उच्च ट्यारिफ राख्नाले उच्च मुद्रास्फीतिमा असर पर्ने उनको भनाइ छ। यसले अमेरिकी अर्थतन्त्रमा प्रतिकुल असर पार्ने बताए।

शुल्क लगाएर विश्वको पश्चिमी भागमा भइरहेको विश्वव्यापीकरणको लागि समर्थनको अभावले निश्चित रूपमा विश्वव्यापी अर्थतन्त्रको लागि केही थप चुनौतीहरू सिर्जना गर्ने गेन्टाला इन्स्टिच्युट, इण्डोनेसियाकी रणनीतिक सञ्चार तथा अनुसन्धान निर्देशक क्रिस्टिन सुसान्ना त्झिनले बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी आपूर्ति श्रृंखला व्यवस्थापनमा धेरै प्रभाव पारिरहेको रोम विश्वविद्यालय टोर वर्गाटाका व्यवस्थापनका प्राध्यापक एन्ड्रिया अपोलोनीले बताए।

यो अवस्थाले धेरै समस्याहरू सिर्जना गर्नसक्ने उनको भनाइ छ। थाहा खबर

Facebook Comments Box