अफगानिस्तानको रक्षा मन्त्रालयद्वारा पूर्वअमेरिकी सैन्य अड्डालाई अस्पतालमा परिणत

सेयर गर्नुहोस

एजेन्सी

अफगानिस्तानको अन्तरिम सरकारको राष्ट्रिय रक्षा मन्त्रालयले २० वर्षको अफगानिस्तानको सैन्य कब्जाको क्रममा अमेरिकी नेतृत्वको सेनाबाट अपाङ्गता भएकाहरूलाई चिकित्सा उपचार प्रदान गर्न एनकेसी (नयाँ काबुल कम्पाउण्ड) भनेर चिनिने पूर्व प्रमुख अमेरिकी सैन्य अड्डालाई अस्पतालमा परिणत गरेको छ।

काबुलको शहरमा रहेको अमेरिकी दुतावासको छेउमा अवस्थित, एनकेसीले अगस्ट २०२१ मा अफगानिस्तानमा विदेशी सेनाको उपस्थिति समाप्त भएको २० वर्षको अवधिमा अमेरिकी सेनाको मुख्य सैन्य कमाण्ड र नियन्त्रण केन्द्रको रूपमा काम गरेको थियो।

यो अस्पताल एक सुसज्जित र उन्नत स्वास्थ्य केन्द्र भएको बताए। जसले स्नायु शल्यक्रिया, जन्मजात विकृति र मानव शरीरको कृत्रिम भागहरू बनाउनेसहित विभिन्न अपरेशनहरू गर्न सक्नेछ। एनकेसी भवनलाई बिहीवार औपचारिक रूपमा मुख्य अफगानिस्तान ४ सय शैय्याको सैन्य अस्पताल बनाइएको हो। थाहा खबर

Facebook Comments Box