‘कोशी एक्सिलेन्स अवार्ड’बाट १३ जना विभूषित

सेयर गर्नुहोस

काठमाडौं : नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गरेको छ।

उक्त अवसरमा इटहरीमा एक कार्यक्रम गरिएको थियो। जसमा ‘कोशी एक्सिलेन्स अवार्ड’मा १३ विधाका व्यक्तिहरूलाई विभूषित गरियो।

शिक्षा विधातर्फ प्राडा टंकप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुुरी, साहित्य विधातर्फ झमक घिमिरे, सामाजिक विधातर्फ गीता गौतमलाई अवार्ड प्रदान गरियो।

यस्तै, कृषि तथा महिला उद्यम विधाबाट शान्ता बास्कोटा, खेलकुद विधातर्फ दिलीप राई, बैंकिङ बिधातर्फ ज्ञानेन्द्रप्रसाद ढुंगाना, पर्यटन विधातर्फ भविष श्रेष्ठ, सूचना तथा प्रविधि विधातर्फ राजन लम्साल, कर्पोरेट विधाबाट महेश जाजु, युवा उद्यम विधाबाट पारस लुनियाँ र स्टार्टअप विधामा आयुष भगत अवार्ड प्रदान गरिएको हो।

वरिष्ठ भाषाविद् प्राडा न्यौपाने नेपाल बाहिर भएका कारण उनको अवार्ड डा टोलानाथ काफ्लेले ग्रहण गरे। यसैगरी साहित्यकार घिमिरेको स्वास्थ्य अवस्था कमजोर भएका कारण उनको अवार्ड शिक्षासेवी लेखनाथ घिमिरेले ग्रहण गरे। यसैगरी युवा उद्यमी पारस लुनियाँ नेपाल बाहिर भएका कारण उनका प्रतिनिधि कपिल रेग्मीले अवार्ड ग्रहण गरेका थिए।

१३ जनालाई नै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ट्रफी र विभूषण पत्र हस्तान्तरण गरे।

यसैगरी वार्षिकोत्सवको अवसर पारेर १२ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजीवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष भीमज्वाला राई छन्।

यस्तै, इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकमारी लिम्बू (दहाल), अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री, शिक्षासेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालमा सबैभन्दा अग्ला व्यक्तिका रूपमा परिचय स्थापित गराउने राजन अधिकारी र पर्यटन व्यावसायी सुनील भुसाल रहेका छन्।

यस्तै, संस्थाहरू कामधेनु दूग्ध विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष यादव ढकाल, माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेल र नव दृष्टि आँखा अस्पतालका विजय गौतमलाई सम्मान गरिएको हो।

कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि निर्णायक समिति समेत चयन गरिएको थियो। उक्त समितिले सिफारिस गरेका आधारमा छनोट गरिएको उनले जनाए।

साथै, सोही कार्यक्रमको अवसर पारेर सुनसरीका तीन सय जना सञ्चारकर्मीहरूको एनएलजी इन्स्योरेन्ससँग निःशुल्क दुर्घटना बीमाका लागि सम्झौता हस्तान्तरण गरियो। एनएलजी इन्स्योरेन्स इटहरीका वरिष्ठ अधिकृत भेषराज थापालाई सञ्चारकर्मीको नामावली बुझाइएको थियो। थाहा खबर

Facebook Comments Box