भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

सेयर गर्नुहोस

भक्तपुर : सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गएराति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाति गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको छ। गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ। निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन्। थाहा खबर

Facebook Comments Box