राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता चितवनमा हुँदै

सेयर गर्नुहोस

काठमाडौँ : राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन १७ गतेदेखि २० गतेसम्म हुने भएको छ।

शनिवार चितवनमा पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले जानकारी दिएको हो। फागुन १७ गतेदेखि २० गतेसम्म चितवनको भरतपुर नगरपालिकाको वडा नं. १० स्थित वीरेन्द्र क्याम्पसको डिग्री भवनको खेलमैदानमा आयोजना हुने प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन्।

प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख, तृतीय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिने बताइन्। प्रतियोगी कलाकारहरूमध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट वेशभूषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिकालाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताइन्।

८ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगितामा पचास लाख नेपाली र नेपालीभाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको थापाले बताइन्।

Facebook Comments Box