डलरसँग निहुँ खोज्ने ब्रिक्स मरिसक्यो : ट्रम्प

सेयर गर्नुहोस

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिक्सलाई मृत संगठन घोषणा गरेका छन्। ट्रम्पले अमेरिकी डलरलाई चुनौती दिन चाहेको त्यो संस्था ‘मृत’ समूह भइसकेको बताएका छन्। यसका साथै उनले ब्रिक्स समूह अमेरिकालाई ध्वस्त पार्ने खराब उद्देश्यका साथ लागेको आरोप पनि लगाएका छन्।

ब्रिक्सले अमेरिकी डलरका साथ खेल्न चाहेमा कडा प्रतिबन्ध लगाउने उनले चेतावनी दिए। उनले भने‚ ‘यदि अमेरिकी डलरका साथ कसैले निहुँ खोज्छ भने उसमाथि १००% भन्सार शुल्क लगाइनेछ।’

ब्रिक्स देशमा ब्राजिल, रूस, भारत‚ इजिप्ट, इण्डोनेशिया, इरान, चीन, दक्षिण कोरिया र संयुक्त अरब अमिरात (यूनाइटेड अरब इमिरेट्स) छन्। यिनीहरूले एउटा साझा मुद्रा प्रचलनमा ल्याउन चाहेका छन्। यसले गर्दा कारोबार गर्न सहज हुनेछ। यसका साथै अमेरिकी डलरमा उनीहरू निर्भर रहनुपर्नेछैन।

​यसका लागि रूस र चीनले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। भारतले पनि कैयौँ देशसँग भारतीय रुपैयाँमा आफ्नो कारोबार गर्न शुरु गरिसकेको छ।

अन्ताराष्ट्रियस्तरमा अमेरिकी डलरको वर्चस्व सकिने भन्दै ट्रम्प चिन्तित देखिन्छन्। ब्रिक्स देशको संख्या बढ्दै छ। यसमा विकासोन्मुख देश पनि थपिँदै गएपछि अमेरिका चिन्तित छ। ब्रिक्सले अमेरिकी डलरको विकल्पमा आफ्नै मुद्रा लागू गर्न सफल भएमा यसको असर अमेरिकी डलरमा पर्नेछ।

यी देशहरूले हालसम्म अन्ताराष्ट्रिय कारोबारका लागि अमेरिकी डलर नै प्रयोग गर्छन्। अमेरिकाले रूसमा कैयौँ प्रतिबन्ध लगाएर ऊसँग भएको मुद्रा काम नलाग्ने भएको छ। यो घटनासँगै ब्रिक्सका सदस्यहरू अमेरिकी प्रतिबन्धबाट बच्न वैकल्पिक मुद्राको खोजीमा लागेका छन्।

ब्रिक्समा सहभागी १० देशहरू विश्व अर्थतन्त्रको एक चौथाइ अर्थतन्त्रको प्रतिनिधित्व गर्छन्। यसका साथै ब्रिक्स देशमा संसारको आधा जनसंख्या बसोवास गरेको छ। ब्रिक्सका सदस्यमा चीनको दबदबा छ।

Facebook Comments Box