कृष्णनगरका विद्यालयमा ‘जङ्क फुड’ नियमन तथा नियन्त्रण अभियान सम्बन्धी अन्तरक्रिया

सेयर गर्नुहोस

FacebookTwitterEmailShare
कृष्णनगर, २ फागुन ।

कपिलवस्तुकाे कृष्णनगर कृष्णनगर नगरपालिकामा पत्रु खाना ‘जङ्क फुड’ नियमन तथा नियन्त्रण अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुकाे आयाेजना र स्वास्थ्य शाखाकाे समन्वयमा सामुदायिक विद्यालयमा पत्रु खाना नियमनकाे साथै नियन्त्रण अभियान सम्बन्धी नगरपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको जनाइएको छ ।

लुम्बिनी प्रदेशले १२ ओटै जिल्ला मध्ये कपिलवस्तुलाई ‘जङ्क फुड’ नियमन तथा नियन्त्रण अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रमकाे योजना दिएको छ । जङ्क फुडले स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाेले सचेतना कार्यक्रमलाई व्यापक रुपमा सञ्चालन गर्ने उद्देश्यले कपिलवस्तुमा याेजना दिएकाे हाे ।

कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहले बालबालिकामा पुड्को, ख्याउटे र कम तौलको समस्या देखिनुमा जङ्कफुडको पनि प्रमुख कारक भएको बताएका छन् । उनले बजारमा पाइने प्याकेटका खानेकुरालाई निरुत्साहित गर्नुको साथै परम्परागत खानेकुरा खानुपर्नेमा जाेड दिए । दाल, भात, तरकारी, सागसब्जी, फलफूल जस्ता आवश्यक खानेकुराहरु मिलाएर खानुपर्ने उनको भनाइ छ ।

स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराईले बालबालिकाको स्वास्थ्य समस्यालाई जङ्कफुडको पनि महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनलेे जङ्क फुडमा पोषण तत्व तथा भिटामिन कति छ भनेर उल्लेख गर्नुपर्ने हुन्छ तर नेपालमा पाउने जङ्कफुडमा नपाइएको बताउँदै कुरकुरे, चाउचाउ, बिस्कुट, चकलेट जस्ता खाद्य वस्तुहरु स्वास्थ्यकाे दृष्टिकोणले खान योग्यनभएको जिकिर गरे ।

कार्यक्रमलाई नगर उप-प्रमुख आरती देवी चौधरी स्वास्थ्य कार्यालय कपिलवस्तु ल्याब निरीक्षक श्रीधर खनाल, सिअहेबा सिद्धार्थ काजी बज्राचार्य, नन्दकिशोर बढई लगायतले सम्बाेध गरेका थिए ।

Facebook Comments Box