सिमाक्षेत्रमा काठ तस्कारी बढ्याे , प्रशासन माैन

कपिलवस्तु , माघ ४ । जिल्लाकाे पश्चिमी सिमानाबाट अवैध काठकाे तस्कारी शुरु भएकाे छ ।
नेपाल-भारत सिमा क्षेत्रका कपिलवस्तु जिल्लाकाे पश्चिमी स्थानिय तह कृष्णनगर नगरपालिका र विजयनगर गाउंपालिकाकाे क्षेत्रमा व्यापक जंगली काठ तस्करि शुरु भएकाे छ। केही दिन देखि भारतीय सिमासंग सटेकाे कृष्णनगर नगरपालिका वडा १२ का सिमा तथा विजयनगर गााउपालिका काे गेडुवाजाेत हुदै अवैध रुपमा भारतिय जंगलबाट टिक र कालाे सिसमकाे काठ तस्कारी हुँदै अाएकाे स्राेतले जनाएकाे छ। कुनै पनि जंगल नभएकाे त्यसक्षेत्रमा नेपाल-भारत सिमाक्षेत्रमा दर्जनौं काष्टमिल हरु स्थापित भएका छन । ती मिलहरु र फर्निचर उद्योगहरु केही प्रतिशतमात्र बादि कटानमा निर्भर गर्छन , बाकी बर्षभरि नै काठ तस्करी गर्ने र नजिकका फर्निचर उद्योगमा बेच्ने गरेका छन । केही मिलहरुले अाफ्नै मान्छे राखेर प्रहरीसंग सेटिङ्ग गरि अवैधरुपमा सिसम र टिकका गुलिया तस्कारी गराउने गरेका छन भने फर्निचर उद्योगहरुले सुरक्षाकर्मी लगायतका सरकारी कर्मचारी समेतका लागि बेड, साेफा, टेबल बनाउदै अाएका छन ।
