त्रिविको स्ववियु सभापतिमा खड्काको स्वतन्त्र उम्मेदवारी घोषणा

सेयर गर्नुहोस

काठमाडौं : राजनीति शास्त्रका विद्यार्थी उज्ज्वल खड्काले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्ववियु निर्वाचनमा सभापति पदका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालबाट उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।

आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुने कार्यतालिका छ। राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रही विद्यार्थी मुद्दाहरूमा केन्द्रित रहेर काम गर्ने उद्देश्यले उम्मेदवारी दिन लागेको उनको जानकारी दिए। केही दिनमा योजना र कार्यक्रम सार्वजनिक गर्ने पनि उनको भनाइ छ।

उनले भनेका छन्,‘चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्ष (सभापति) पदमा स्वतन्त्र रहेर उम्मेदवारी दिँदैछु,प्रिय विद्यार्थी साथीहरू त्रिविको सुधारबिना नेपालको उच्च शिक्षा सुधार सम्भव छैन त्यसकारण दलीयकरणको चपेटामा परेको हाम्रो विश्वविद्यालयलाई एकेडेमिक एक्सिलेन्सको मार्गमा हिँडाउन तपाईं हाम्रो सकारात्मक पहलले सकारात्मक परिणाम निस्किनेमा विश्वस्त रहेको छु,अबको केही दिनमा योजना र कार्यक्रमसहित प्रस्तुत हुने जानकारी गराउँदछु।’

Facebook Comments Box