संक्रांतिकाे अवसरमा पहाडी बाबालाई २५ लाख अनुदान

सेयर गर्नुहोस

कृष्णनगर , माघ १ । कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले पहाडी बाबा मन्दिर निमार्णका लागि २५ लाख अनुदानकाे चेक दिनु भएको छ ।
कृष्णनगर नगरपालिकाको रामनगर कप्तानगंजमा रहेको ग्रामदेव (पहाडी बाबा) मन्दिर निमार्णका लागि जग्गा खरिद गर्न बिहिवार मेयर शाहले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त चौधरीलाई २५ लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

मन्दिर प्रांगणमा हरेक वर्ष झैँ यस वर्ष पनि मकर संक्रान्ति (खिचडी)का दिन भव्यरुपमा मेला लाग्ने गरेको मेला संयोजक चौधरीले जानकारी दिनुभएको छ । पहाडी बाबा मन्दिरमा दर्शन गर्नका लागि कपिलवस्तुको कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका र विजयनगर गाउँपालिका लगायत भारतको उत्तर प्रदेशका विभिन्न ठाउँबाट समेत हजारौँको संख्यामा भक्तजन, श्रद्धालु, साधुसन्त तिर्थालुहरु मेला तथा दर्शन गर्न आउने गरेको चौधरीले बताउनुभयो । यस मकर संक्रान्तिको अवसरमा ३ दिन अगाडी देखि नै अखण्ड रामायण, अखण्ड हरि किर्तन, भजन किर्तन हुने गरेको बताउनुभयो । संयाेजक चौधरीले नगरपालिकाले पहाडी बाबा मन्दिर निमार्णका लागि जग्गा खरिद गर्न दिएकाे अनुदान सराहनीय रहेको भन्दै मेयर शाहलाई धन्यवादसमेत दिनुभयो ।

तराईमा माघ १ गते बिहानै नुहाई धुवाई गरी चामल, मासको दाल, दुध, दही, भेली अन्न खिचडीको रुपमा मन्दिरमा चढाउने, दान गर्ने चलन रहि आएको छ । मकर संक्रान्तिका अवसरमा खिचडी चढाउने कार्य गरेमा पुण्यलाभ प्राप्त हुनुको साथै परिवार जनमा सुख शान्ति रहने जन विश्वास रही आएको छ ।

Facebook Comments Box