जाडोमा विपन्नको सहारा बन्दै कपिलवस्तुका युवा
निरन्तर रुपमा सामाजिक काममा सक्रिय युवा कपिलवस्तुले जाडोमा असहायलाई सहारा दिएको छ।हिजो वाणगंगा नगरपालिकाको बैदौलीमा १६ वर्षदेखी बाटोको किनारमा बस्दै आएकी बृद्धलाई जाडो छेक्ने अस्थायी घर बनाइदिएका छन।युवाहरुले न्यानो कपडा दिएर वृद्धलाई जाडो बाट बच्न पनि सहयोग गरेका छन। वडाले पनि उनको लागि स्थायी घर बनाउन जग्गा खोजेर तयार पारेको छ।त्यसैगरी केही दिन देखि चलिरहेको कपडा बैंकबाट पनि युवाले करिब ४५ परिवारलाई न्यानो कपडा वितरण गरेको छ।अहिले युवा कपिलवस्तुबाट मधु सुदन भुषाल कोपिला गिरि सृजना आचार्य पशुपति गिरि माधव आचार्य सरोज घिमिरे लक्ष्मण सापकोटा सागर बन्जाडे सक्रिय रुपमा यो अभियान सफल पार्न लागिरहेका छन।यसलाई थप व्यवस्थित गर्न थप प्रयास भैरहेको कुरा युवाहरूले बताए।केही दिन अगाडी प्रशासन अगाडिको नेपालको झण्डा फेरेर युवाहरुले सबैको ध्यान आकर्षण गरेका थिए भने अहिले,”गरिब विपन्न माथी हाम्रो ध्यान,बाच्ने र बचाउने हाम्रो अभियान” भन्ने नाराका साथ न्यानो कपडा वितरण अभियान संचालन गरिरहेका छन।युवाहरूले यो अभियानलाई साथ दिन सार्वजनिक अपिल पनि गरेका छन।
तपाईंहरुले पनि आफुसंग रहेका कपडा दिएर वा आर्थिक रुपमा सहयोग गरेर अभियानमा साथ दिन सक्नुहुनेछ।
