काठमाण्डौको तापक्रम घट्यो, कोशीका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

सेयर गर्नुहोस

काठमाण्डौ – आज कोशी प्रदेशको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशीमा मौसम आंशिक बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशीका एक–दुई ठाउँमा छिटपुट वर्षा र हिमपात भए पनि अरु ठाउँमा पानी पर्ने सम्भावना छैन ।

बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ । तराई क्षेत्रमा बिहान हुस्सु लागेको छ ।

काठमाण्डौ उपत्यकामा आज चिसो केही बढेको छ । हिजो काठमाण्डौमा न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेकोमा आज बिहान ३ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ ।

बिहान भूकम्प गएको बाजुरासहित पश्चिमका क्षेत्रमा पनि मौसम आज सफा नै रहेको महाशाखाले जनाएको छ । महाशाखामा मौसमविद् बिनु महर्जनका अनुसार पश्चिम क्षेत्रका लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पर्सि सोमवारदेखि मौसममा केही फेरबदल आउन सक्ने सम्भावना छ ।

Facebook Comments Box