चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशीभन्दा विदेशी बढी

सेयर गर्नुहोस

नवलपरासी : चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १० करोडभन्दा बढी राजस्व रकम संकलन भएको छ। चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म ७२ हजार ४६१ जनाले निकुञ्ज भ्रमण गरेका छन्।

निकुञ्ज घुम्नेमा सबैभन्दा बढी विदेशी पर्यटक ३३ हजार ७३० जना रहेका निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापामगरले जानकारी दिए। उनका अनुसार यो अवधिमा ३२ हजार ८८० नेपाली तथा पाँच हजार ८५१ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

निकुञ्ज घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट निकुञ्ज प्रवेश शुल्कवापत पाँच महिनामा १० करोड ६७ लाख एक हजार ९०० राजस्व सङ्कलन भएको उनले बताए।

Facebook Comments Box