काठमाडौंबाट यात्रु बोकेर दोलखा जाँन लागेको गाडी दुर्घटना
काठमाडौंको नारायणटारस्थित पुलबाट सुमो टाटा जीप खसेको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार बिहान पौने ५ बजे नारायणटारबाट दक्षिणढोका जानेक्रममा जीप खसेको हो। ना १ ज ५३६३ नम्बरको सुमो पुलको रेलिङ भाँच्दै करिब ३० फिट तल खसेको हो। बौद्धका प्रहरी निरीक्षक नविनकुमार अधिकारीका अनुसार जीप खस्दा दोलखाका ३० वर्षीय चालक रविन तामाङलाई सामान्य चोटपटक लागेको छ। बिहानीपख सडक खाली थियो। तीव्र गतिमा आउँदा खस्यो,उनले भने। उक्त गाडीमा चालकसहित पाँच जना सवार थिए। प्रहरी निरीक्षक अधिकारीका अनुसार सो जीप काठमाडौं( दोलखा चल्ने गाडी हो। काठमाडौंबाट यात्रु बोकेर दोलखा जाँन लागेको गाडी दुर्घटनामा परेको हो। जीपमा सवार सबै जना सकुशल छन्। त्यस्तै गाडीको भने सीसा फुटेको छ। अहिले सो गाडी हटाइसकेको छ। दुर्घटनाको कारणबारे ट्राफिक प्रहरीले थप अनुसन्धान गरिरहेको छ।सेतोपाटी
