Rl’s group काे आयोजनामा कपिलवस्तुमा Face of Kapilvastu को Season 3 हुँदै
कपिलवस्तु पुष २/कपिलवस्तुमा विगत २ वर्षमा मोड्लिङ क्षेत्रमा उत्कृष्ट र लोकप्रिय नाम हो:फेस अफ कपिलवस्तु जसले आफ्ना २ संस्करण अपार सफल्ताका साथ सम्पन्न गरेर अहिले तेस्रो संस्करणको तयारीमा रहेको छ।Rl’s ग्रुपको आयोजनामा हुने यस कार्यक्रमका संस्थापक आयुष अर्याल रहेका छन भने यसका निर्देशक रामु खनाल रहेका छन।फेस अफ कपिलवस्तु ले स्टेज देखि व्यक्तित्व विकास,ब्युटी कलास, हस्पिटालिटी कलास,जुम्बा कलास,मेडिकल कलास,ब्युटी विथ प्रपोज ,इन डोर आउट डोर फोटोसुट, बृद्वाआश्राम बाल आश्रम भिजिट लगाएतका विभिन्न कार्यक्रमहरु तालिमका अवधीमा चलाउने छ।विगतका २ वर्षहरुमा मोड्लिङ्ग क्षेत्रलाई माथी उठाउन यस कार्यक्रमको विशिष्ट योग्दान रहेको कुरा उनिहरुले व्यक्त गरे। पहिलो संस्करणमा मा यसका विजेता पवन काफ्ले र सृष्टि शर्मा रहेका थिए भने सिजन २ मा सपना खत्रीले उपाधी हासिल गर्न सफल भएकी थिइन।यस वर्ष पनि कोरोना माहामारी कै बिच भएपनी न्यून उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम उत्कृष्ट रुपमा सफल पार्न लागि परेको कुरा आयुषले जानकारी दिए।यस वर्षको लागि पनि अडिसन खुल्ला यहि मंसिल २८ गतेबाट भैसकेको छ भने सामान्य कक्षाहरु ४ नं मा रहेको डिलाइटेड केयाफे एण्ड रेष्टुरेन्ट मा सुरु भैसकेको छ।यस संस्करण को लागि कोरियोग्राफर को रुपमा लुम्बिनी प्रदेश मै मोडेलिङ्ग क्षेत्रमा सफल र मेहेनती अर्जुन गाहा मगर रहने छन।अब केही दिन मात्र बाकी रहेकाले इच्छुकले छिटो जानकारी दिनुपर्ने कुरा रामु खनाले जानकारी दिए।आफ्नो प्रस्तुतीले निर्णायक को मन जित्न सफल हुने ४ जना फाइनलमा पुग्नु हुने छ भने आकर्षण गिफ्ट हेम्पर ताज र टोपी हासिल गर्नुहुनेछ।यस वर्षका लागि कार्यक्रम संयोजक प्रमोद अर्याल र बोर्ड मेम्बर मनिष क्षेत्री रहेका छन।
