कपिलवस्तुका युवाहरुले यसरी मनाए राष्ट्रिय झण्डा दिवस

सेयर गर्नुहोस

पुस १/कपिलवस्तुटाइम्स पशुपति गिरी  आज पुस १ राष्ट्रिय झण्डा दिवस,देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गर्दै मनाइएको छ।त्यस्तै कपिलवस्तुमा पनि राष्ट्रिय झण्डा दिवसको अवसर पारी युवाहरुले तौलिहवाको जिल्ला प्रशासन कार्यालय अगाडिको बुद्व मुर्तीमा रहेको फाटेको झण्डा बद्लिएर नयाँ झण्डा लगाएका छन।युवाहरुले यो सार्वजनिक चासोको विषय रहेता पनि कसैको ध्यान केन्द्रित हुन नसकेकोमा दुख व्यक्त गरेका छन।छोटो कार्यक्रम गर्दै युवाहरुले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीकै हातबाट नँया झण्डा लगाएका थिए।कार्यक्रममा Youth Unity Welfare Association(YUWA)का संयोजक लक्ष्मण सापकोटाले सरकारको विरोध गर्ने मात्र होइन अबका युवाहरुले आफुले सक्ने काम गरेर देखाउनुपर्छ सार्वजनिक चासोको विषयहरुमा सरकारको मुख ताक्नु भन्दा पनि सक्ने काम आफैले गर्नुपर्ने कुरा बताए।अर्का समाजसेवी मधुसुदन भुषालले लुम्बिनी तिलौराकोट जोड्ने मुख्य सडकमा बुद्वको मुर्तिमै देशको पहिचान झल्काउने झण्डा नै च्यातिदा पनि कसैको ध्यानाकर्षण नहुनुले देशको स्वाभिमानमा ठेस पुग्ने कुरा बताए।त्यसैगरी युवा समाजसेवी पशुपती गिरिले सबै युवाहरु एकजुट भएर विरोध भन्दा समाधान सहित उदाहरणीय कार्य गर्नुपर्ने भन्दै नगरपालिकालाई ठुला संरचनामा ध्यान केन्द्रीत गर्दै विकास निर्माणका कामहरु सम्पन्न गर्न सुभकामना दिए।त्यस्तै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले युवाहरुले गरेको यो काम स्वागतयोग्य एवम उदाहरणीय रहेको भन्दै यसरी नै सार्वजनिक काममा सरकारको विरोध भन्दा साथ दिन आग्रह गर्दै यो कामबाट आफू निकै खुसी रहेको कुरा बताए।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स.प्रमुख जिल्ला अधिकारी बुद्व मुर्तिको रेखदेख गर्ने स्थानीय संगै युवाको तर्फबाट सागर बन्जाडे,असिम भट्टराई,लक्ष्मण सापकोटा,मधुसुदन भुषाल,पशुपती गिरिको उपस्थिति रहेको थियो भने बारम्बार निकायको ध्यानाकर्षण गर्न खोज्दा पनि कसैले चासो नदिएकाले आफुहरुनै सक्रिय भएर सो काम गरेको भन्दै सरोज घिमिरेले कार्यक्रम संचालन गरेका थिए।युवाहरुले झण्डा परिवर्तन गर्न यो भन्दा राम्रो दिन अरु नरहेको कुरा पनि बताए।


 

Facebook Comments Box