कपिलवस्तुको बिजयनगर गाउँपालिका ४ मा मास्क भित्र खैरो हेराेइन लुकाईरहेकाे अवस्थामा एक जना पक्राउ
कपिलवस्तु २८ मंसिर । मास्कमा लुकाईरहेको अवस्थामा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।कपिलवस्तुको बिजयनगर गाउँपालिका ४ त्रिपालनगरमा प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा दाङ राप्ती गाउँपालिका २ लालमटिया बस्ने वर्ष २३ का दिपककुमार खड्का २ ग्राम ६६ मिलिग्राम खेरो हेरोइनसहित पक्राउ परेका हुन्। पैदल हिँडिरहेको अवस्थामा देखि निजलाई सोधपुछको लागि रोक्न खोज्दा शंकास्पद रुपमा खड्का भाग्न खोजेका थिए। खड्कालाई सोधपुछ गरी शरीर खानतलासी गर्दा मुखमा लगाउने कालो रंगको फाईवर मास्कभित्र सेतो प्लाष्टिकमा धागोले बाधेर लुकाई राखेको अवस्थामा खैरो हेरोइन भेटिएको थियो। घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रैम रेग्मीले बताए।
Facebook Comments Box
