काठमाडौं नैकापस्थित ढुङ्गेअड्डाको पेट्रोल पम्प नजिक भयानक दुर्घटना
काठमाडौ मंसिर २६ / काठमाडौं नैकापस्थित ढुङ्गेअड्डाको पेट्रोल पम्पनजिक भयानक दुर्घटना भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार हेटौंडाबाट सिमेन्ट बोकेर सुकेधारा आइरहेको प्रदेश-२ ०३-००१ ख १४२० नम्बरको ट्रकले ढुंगेअड्डानजिक अन्य सवारीहरूलाई ठक्कर दिएको हो।
सो ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर र एउटा साइकललाई ठक्कर दिएको हो। ब्रेक फेल भएका कारण अनियन्त्रित भएर ट्रकले अन्य सवारीलाई ठक्कर दिएको सिंहले बताए।
साइकललाई ठक्कर दिएर ट्रकले बिजुलीको पोलमा समेत ठक्कर दिएको थियो। (श्राेत:सेताे पाटी)
Facebook Comments Box
